अनन्त—राधिकाको दोस्रो प्रि–वेडिङ समारोहमा हलिउड गायिका केटको परर्फमशुक्रबार, जेठ १८, २०८१
-1717157566.jpg)
नदी प्रणालीको व्यवस्थापन नहुँदा जोखिम बढ्दै शुक्रबार, जेठ १८, २०८१ महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन्। ती खोला बालुवा र गेग्रान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन थालेका छन्। जसले बर्सायाममा डुबान र भौतिक संरचना भत्कने जोखिम बढ्दै गएको छ।

मुग्लिन–पोखरा सडक विस्तारमा कति भयो प्रगति? शुक्रबार, जेठ १८, २०८१ पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ। पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई लेनको सडक कालोपत्र गरिएको छ।
-1717143800.jpg)
मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा शुक्रबार, जेठ १८, २०८१ जिल्लाको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ।यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो।

अब पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन शुक्रबार, जेठ १८, २०८१ पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू भएको छ। गर्मीयाम र खडेरीका बेला बजारमा अत्याधिक माग हुने खरबुजा तराईका नदीबगर र बलौटे पाँगो माटो भएका ठाउँमा खेती हुने गरेकामा पहाडी जिल्ला पर्वतमा पनि उत्पादन गरिएको हो।

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम धमाधम हुँदै शुक्रबार, जेठ १८, २०८१ जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन्।
-1717133360.jpg)
संरक्षणको अभावमा सय वर्ष पुराना ढुङ्गेघर जीर्ण बन्दै शुक्रबार, जेठ १८, २०८१ बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका एक सय वर्ष पुराना ढुङ्गेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन्।
-1717130705.jpg)
गलकोटका किसानलाई रोपाइँको चटारो शुक्रबार, जेठ १८, २०८१ देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ। सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ।
-1717129864.jpg)
कुपोषण र भोकमरीविरुद्ध ‘इनफ’ अभियानको सुरुवात शुक्रबार, जेठ १८, २०८१ बाल कुपोषण र भोकमरी उन्मुलन गर्ने उद्देश्यले ‘इनफ’ अभियान सुरुवात भएको छ। बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्डभिजन इन्टरनेशनल र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले संयुक्त रुपमा अभियानको घोषणा गरेका हुन्।

हुरीले उडाएको जस्ताले लियो १ सय ७ वर्षीय वृद्धको ज्यान शुक्रबार, जेठ १८, २०८१ हुरीबताससहितको बिहीबारको वर्षाले १ सय ७ वर्षीय वृद्धको ज्यान गएको छ। विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो। घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए।
खोकनामा परम्परागत तेल मिल पुनः सञ्चालनमा आउँदै बिहीबार, जेठ १७, २०८१ ललितपुर महानगरपालिका–२१ खोकना शुद्ध तोरीको तेल पाइने ठाउँका रुपमा परिचित छ। केही वर्ष अघिसम्म खोकनावासीको मुख्य पेसा भनेकै तेल व्यवसाय थियो। हाल खोकनावासी कृषिमा आवद्ध भए पनि तेल व्यवसाय सञ्चालन गर्ने कम मात्रामा छन्।

बस दुर्घटनामा युवतीको मृत्यु, पाँच जना घाइते बिहीबार, जेठ १७, २०८१ काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। साथै बसमा सवार अन्य पाँचजना घाइते भएका छन्।

धनगढीको तापक्रम हालसम्मकै उच्च, अझै बढ्न सक्ने बिहीबार, जेठ १७, २०८१ सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको तापक्रमले नयाँ रेकर्ड बनाएको छ। बिहीबार दिउँसो धनगढीको तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको हो। मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको हो।