अपाङ्गता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रहबुधबार, जेठ २, २०८१
सन्दीपको मुद्दामा फैसलाको तयारी बुधबार, जेठ २, २०८१ क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे फैसलाको तयारी गरिएको छ। बुधबार उच्च अदालत पाटनमा सबै बहस सकिएपछि फैसलाको तयारी गरिएको हो। आज दुवै पक्षका वकिल साथै जवाफी बहस सकिएसँगै अन्तिम फैसलाको तयारी भइरहेको छ। उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ भएको थियो।
सन्दीपको मुद्दाको बहस सकियो, सीसीटीभी फुटेज हेरिने बुधबार, जेठ २, २०८१ क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सबै बहस सकिएको छ। केहीबेरअघि उच्च अदालत पाटनमा दुवै पक्षका वकिल साथै जवाफी बहस सकिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबारदेखि जारी सुनुवाइको बहस सकिएपछि सीसीटीभी फुटेज हेरिने भएको छ। न्यायाधीशद्वयले बहस सकिएपछि सन्दीप र गौशला–२६ बसेको होटलको सीसीटीभी फुटेज हेर्न भनेका...
सन्दीपको मुद्दामा सुनुवाइ जारी रहँदा उच्च अदालतमा समर्थकको भीड, सुरक्षा व्यवस्था कडा पारियो बुधबार, जेठ २, २०८१ उच्च अदालत पाटनका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ जारी रहेको छ। यसअघि मंगलबार नै सन्दीपको मुद्दाको अन्तिम फैसला आउने अपेक्षा गरिए पनि बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको थियो। आज अन्तिम फैसला हुने तयारी गरिएकोमा उच्च अदालत पाटन परिसरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। मंगलबार उक्त मुद्दाको अन्तिम फैसला आउन सक्ने...
६ सय ९० किलो गाँजासहित ४ जना पक्राउ बुधबार, जेठ २, २०८१ प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरी, देवानगंज गाउँपालिका–५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम बुधबार, जेठ २, २०८१ सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ। बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरे।
दोलखामा मलामी बोकेको जीप दुर्घटना हुँदा १४ जना घाइते बुधबार, जेठ २, २०८१ दोलखामा मलामी बोकेको जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।बुधबार बिहान मलामी बोकेको बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको जीप मेलुङ गाउँपालिका–१ स्थित चिम्टिी भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका १४ जनामध्ये २ जनाको अवस्थामा गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले न्यूजगृहलाई जानकारी दिएको छ।
८ वटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी बुधबार, जेठ २, २०८१ सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन्। ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन्।
बबईमा डुबेर दाजुभाइको मृत्यु बुधबार, जेठ २, २०८१ भारतबाट फुपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए।
यी प्रदेशमा आज पनि वर्षा बुधबार, जेठ २, २०८१ कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ।दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराईका भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
भारतको कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार मंगलबार, जेठ १, २०८१ सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्याएका थिए। तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्याइयो।
लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न ७७ जना पक्राउ मंगलबार, जेठ १, २०८१ प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुर्व्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ। खैरो हिरोइन, चरेशलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा आठ महिलासमेत छन्।
भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ अपनाउने सरकारको नीति मंगलबार, जेठ १, २०८१ सरकारले नियामक निकायहरुलाई आवश्यक स्रोतसाधन र जनशक्तिसहित थप अधिकारसम्पन्न बनाइ भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ अपनाउने नीति लिएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउँदै संघ, प्रदेश तथा स्थानीय तहलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धि रणनीति तथा कार्ययोजना कार्यन्वयनमा ल्याउन जिम्मेवार तुल्याइने बताए।