काठमाडौंसहित देशका यी भूभागमा बिहानैदेखि वर्षामंगलबार, जेठ १५, २०८१

ऐँसेलुखर्कमा १५ शय्याको अस्पताल निर्माण गरिँदै सोमबार, जेठ १४, २०८१ जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ।
-1716809611.jpg)
म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण सोमबार, जेठ १४, २०८१ लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले म्याग्दीमा ‘मगर भाषा, थाली र कौडानाँच’ प्रशिक्षण सुरु भएको छ।

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा ताला सोमबार, जेठ १४, २०८१ पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ विवादमा फसेको छ। नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा महासंघ विवादमा फसेको हो।
-1716806114.jpg)
चाँगुनारायण क्षेत्रमा डोजर आतंक सोमबार, जेठ १४, २०८१ भक्तपुरको चाँगुनारायण क्षेत्रमा जताततै डोजर चलेका देखिन्छन्। हरिया डाँडा, प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थलका रूपमा परिचित यो क्षेत्र अहिले उजाड छ। कित्ताकाट र जग्गा सम्याउने नाममा जताततै डोजर चलाउने, माटो खन्ने र बालुवा निकासी गर्नेजस्ता समस्याले चाँगुनारायण क्षेत्रको पहिचान नै हराउने स्थानीयको चिन्ता छ।

यार्सा संकलनको सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका सोमबार, जेठ १४, २०८१ नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा संकलनको याम सुरु भएसँगै सुनसान भएको छ। नाकामा केही सुरक्षाकर्मी मात्रै देखिने गरेका छन्।

आज पनि सहकारी पीडितको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने चेतावनी सोमबार, जेठ १४, २०८१ सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौंथो दिन पनि रिले अनशन जारी राखेको छ। गत शुक्रबारदेखि काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरु भएको आन्दोलन मंगलबार चौथो दिन पनि जारी । आफूले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै सहकारीपीडितहरूले रिले अनशन जारी राखेका हुन्।
-1716796328.jpg)
बुकीमै बसेर यार्सागुम्बाको खोजी सोमबार, जेठ १४, २०८१ जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त छन्। बुकीमा ओढारमा बास बसेर पाइजासहित उनका साथीहरुले बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलन गरिरहेका छन्। चिमखोलाको कालीबराह बुकीदेखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा यतिबेला यार्सा संकलन गर्नेको भीड लागेको छ।

न्यूरोड क्षेत्रको सडक साँघुरो बनाउन लागिएको भन्दै विरोधमा उत्रिए स्थानीय सोमबार, जेठ १४, २०८१ न्यूरोड क्षेत्रको सडक साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्। सोमबार महानगरपालिकाको सडक साँघुरो बनाउने काम राम्रो नभएको भन्दै न्यूरोडबासीले आन्दोलन गरेका हुन्। उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ न्यूरोड साँघुरो गर्न मिल्दैन, नयाँ सडक बचाउ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरे।

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने सोमबार, जेठ १४, २०८१ सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो।पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको हो। यसअघि फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो।

खोलाले बगाएर दुईजना बेपत्ता सोमबार, जेठ १४, २०८१ दार्चुलाको मार्मा गाउँपालिकामा खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन्।

अत्यधिक गर्मी बढेपछि विद्यालय ४ दिन बन्द, खोप अभियान स्थगित सोमबार, जेठ १४, २०८१ गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ।

माग र आपूर्तिबीच सन्तुलन नमिल्दा वीरगञ्जमा जान्छ ‘झ्याप्प–झ्याप्प’ बिजुली सोमबार, जेठ १४, २०८१ औद्योगिक नगरी बारा र पर्सामा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ।