News Griha :: न्यूजगृह
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३६ जनाको उद्धार, ३ हजारको उपचार
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३६ जनाको उद्धार, ३ हजारको उपचार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा सशस्त्र प्रहरीले ३६ जनाको उद्धारका साथै तीन हजारको स्वास्थ्य उपचार गरेको छ। 
चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार
चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार भएको छ। आइतबार बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। 
सर्लाहीमा आगलागीबाट १० महिनामा १ सय ६१ घर जले 
सर्लाहीमा आगलागीबाट १० महिनामा १ सय ६१ घर जले  सर्लाहीमा चालु आर्थिक वर्षको १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ।जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीनवटा पक्की, एक सय ५८ वटा कच्चि गरेर एक सय ६१ घर जलेका  जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको...
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छिन्।सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएको छ।  
राष्ट्रपति पौडेलका आर्थिक विज्ञ नेपालको राजीनामा स्वीकृत 
राष्ट्रपति पौडेलका आर्थिक विज्ञ नेपालको राजीनामा स्वीकृत  राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालको राजीनामा स्वीकृत भएको छ। हालै  १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारले गरेको निर्णयबारे आलोचना गरेपछि उनी विवादमा तानिएका थिए। राष्ट्रपतिको सल्लाहकार जस्तो व्यक्तिले सरकारको निर्णयमा आलोचना गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजनीमा दिएका थिए। 
पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो
पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेसँगै अनुगमन थालिएको छ।शनिबार ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुगमन गरेको हो।
तनहुँ र गोरखाका सडक स्तरोन्नति गरिँदै
तनहुँ र गोरखाका सडक स्तरोन्नति गरिँदै तनहुँ र गोरखाका दुई जिल्लामा ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारको बजेटमा ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको छ। तनहुँको व्यास–१० बोटेटारबाट व्यास–८ रिस्तीखोलासम्म छ दशमलव १३० किमी र आँबुनैरेनी–गोरखाबजारसम्म २४ किमी दूरीमा सडक स्तरोन्नति भएको हो। 
कोशी सरकार गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार 
कोशी सरकार गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार  कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा कोशीका निर्वतनमा मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सुनुवाइ भएको थियो। न्यायाधीश फुयालको एकल इजलासले आगामी जेठ ९ गते अर्को सुनुवाइको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ।  
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको  आरोपमा एक जनालाई पक्राउ गरेको छ।
सम्भावित महामारी नियन्त्रण र रोकथाम सुरु
सम्भावित महामारी नियन्त्रण र रोकथाम सुरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी रोकथाम र नियन्त्रण गर्नका लागि ‘महामारी तयारी र प्रतिकार्य कोष’ परियोजना सुरु गरेको छ। 
जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२ जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ। 
जलाधार व्यवस्थापन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर 
जलाधार व्यवस्थापन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर  कैलालीको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 
Weather Update