News Griha :: न्यूजगृह
आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं— आज काठमाडौं उपत्यकासहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बेलुका कोशी, मधेस, बागमती,  गण्डकी  र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस र  सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०६:५९
Weather Update