News Griha :: न्यूजगृह
तीन न्यायाधीशको सरुवा, को कहाँ? [सूचीसहित] 
तीन न्यायाधीशको सरुवा, को कहाँ? [सूचीसहित]  उच्च अदालतका तीन न्यायाधीशहरुको सरुवा भएको छ।बिहीबार बसेको न्यायपरिषद्को बैठकले तीन न्यायाधीशको सरुवा गरेको हो। जसमध्ये २ जनाको काज सरुवा गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ। 
विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गर्ने शिक्षामन्त्रीको उद्घोष 
विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गर्ने शिक्षामन्त्रीको उद्घोष  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाबीच ठूलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्य प्रारम्भ गरेको बताएकी छिन्।
गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव
गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न नपाउँदै  खानेपानीका लागि एउटा जार र बोत्तल लिएर धारामा पुग्छन्। बिहान अलि ढिलो पुगे एक जार पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने वाध्यता रहेकाले उनी सकभर राती नै खानेपानी ल्याउनका लागि धारा पुग्ने गरेका हुन्।
त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागी पीडित परिवार
त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागी पीडित परिवार ग्यास चुहावट भएर घरमा अगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि अनिदोमै रात कटाउन बाध्य छ। 
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ। 
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई ७ करोड राहत
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई ७ करोड राहत रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन्। वर्षौँदेखी झापामा देखिएको मानव–हात्ती द्धन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र...
जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 
जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुनसहित सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। जलेश्वर नगरपालिका–१ स्थित बरुण पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यमा लागेको भन्दा बढी रकम निकाशा गराएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो। 
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ। नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो।
पर्वतका ९१ साना उद्योग बन्द
पर्वतका ९१ साना उद्योग बन्द कोरोना महामारीसँगै आर्थिक मन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिए। चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका...
बाँकेमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली 
बाँकेमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली  बाँकेमा लागुऔषध कारोबारी समात्नका लागि प्रहरीले गोली चलाएको छ। बिहीबार बिहान लागुऔषध ब्युरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीलाई  पिछा गरेको तर भाग्न खोजेपछि गोली चलाएको हो। सो क्रममा एक जना घाइते भएको र अर्को व्यक्तिलाई सकुशल रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले न्यूजगृहलाई जानकारी दिएको छ। 
१८ वर्षपछि सडक कालोपत्र
१८ वर्षपछि सडक कालोपत्र जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो। 
तीन मौसमी प्रणालीको असर नेपालमा, यी पाँच प्रदेशमा चट्याङसहित वर्षा
तीन मौसमी प्रणालीको असर नेपालमा, यी पाँच प्रदेशमा चट्याङसहित वर्षा आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा साथै बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको  छ।
Weather Update