News Griha :: न्यूजगृह
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने काठमाडौंबाट हेटौँडा जाने कान्तिलोकपथ सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ। निर्माण आयोजनाका सूचना अधिकारी तथा इञ्जिनीयर रवीन्द्र महर्जनले विसं २०८० साल चैत १ गतेदेखि बन्द भएको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। 
नेपाल अन्तर्राष्ट्रिय मेलामा सहभागी हुने बाटो खुल्यो
नेपाल अन्तर्राष्ट्रिय मेलामा सहभागी हुने बाटो खुल्यो नेपालले पर्यटनका अन्तर्राष्ट्रिय मेला तथा फेयरमा सहभागिता जनाउनको लागि अल्पकालीन बाटो खुला भएको छ। अन्तर्राष्ट्रिय कार्यक्रमका सम्बन्धमा कार्यविधि पास नहुँदा विगत आठ महिना देखि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा नेपालको सहभागिता हुन सकेको थिएन। कतिपय कार्यक्रममा निजी क्षेत्रका कम्पनीले आफ्नो प्रयासबाट मात्र सहभागिता जनाएका थिए।
पशुपतिको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षकै संलग्नता 
पशुपतिको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षकै संलग्नता  पशुपतिनाथ मन्दिरमा चढाएको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको नै संलग्नता रहेको पाइएको छ। भेटी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले कोषका कर्मचारी अनिल परियारसहित ८ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ। कोषमा बाजा बजाउने काम गर्दै आइरहेका कर्मचारी अनिलले कोषका कोषाध्यक्ष नारायण सुवेदीले नै आफूहरुलाई भेटी चोर्ने काममा...
बागलुङका ११ हजार बालबालिकालाई आईपीभी खोप लगाइँदै
बागलुङका ११ हजार बालबालिकालाई आईपीभी खोप लगाइँदै बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि आगामी जेठ १३ गतेदेखि २६ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो।
जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालनमा
जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालनमा भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालन भएको छ। भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो। 
चरन क्षेत्रमा परिणत भयो पर्यटकीय नाढिमन ताल
चरन क्षेत्रमा परिणत भयो पर्यटकीय नाढिमन ताल सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ। सदरमुकाम मलङ्गवा र पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने चन्द्रनगर गाउँपालिका–७ स्थित उक्त ताल एक वर्षदेखि गौचरनमा परिणत भएको हो। माछापालन गर्न ठेक्का लिएका ठेकेदारले तालको पानी सुकाएपछि घाँस उम्रिएको छ। 
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्यो चहलपहल
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्यो चहलपहल चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ। भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौंबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरुका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो।
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ।
सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै
सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरियो। व्यास–३ देउरालीनगर र ऋषिङ–१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो। 
जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नमिल्ने भन्दै उपेन्द्रले दिए सर्वोच्चमा रिट 
जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नमिल्ने भन्दै उपेन्द्रले दिए सर्वोच्चमा रिट  जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर बनेको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेपछि त्यसको विरुद्ध सर्वोच्चमा रिट परेको छ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघिको सर्वोच्चको आदेशलाई आधार मान्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। जसपा नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा गठन भएको दल जसपाका ७ सांसदहरुले...
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
हावाहुरीले उदयपुरमा करोडौँको क्षति आइतबार बिहानको हुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ।     हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए।
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ। 
Weather Update