News Griha :: न्यूजगृह
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै बैतडी अस्पतालको सेवा सञ्चालन
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै बैतडी अस्पतालको सेवा सञ्चालन जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन्। गत आइतबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मी पुनः काममा फर्केका हुन्। 
जनकपुरमा आज धुमधामका साथ जानकी नवमी मनाइँदै
जनकपुरमा आज धुमधामका साथ जानकी नवमी मनाइँदै प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी  मनाइँदैछ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ। बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन्।
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। आगामी दुई दिन अत्याधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ।  
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’ प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुवातमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट आज सगरमाथा आधार शिविरतर्फ पठाइएको छ।
दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए
दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन्। स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो। शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ।बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ। 
खेतको सिमाना विवादमा सँधियारको हत्या
खेतको सिमाना विवादमा सँधियारको हत्या सिरहाको अर्नमा गाउँपालिका–२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ। कोदालो प्रहारबाट बधुरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
इथियोपियाबाट नेपाल हुँदै भारत लैजान लागिएको कोकिन बरामद, ३ जना पक्राउ 
इथियोपियाबाट नेपाल हुँदै भारत लैजान लागिएको कोकिन बरामद, ३ जना पक्राउ  ब्युरोका एसएसपी गोविन्द थपलियाका अनुसार वैशाख ३० गते ब्युरोको टोलीले युगाण्डाबाट आएकी एक महिलालाई शंकास्पद रुपमा सिनामंगलबाट पक्राउ गरिएको थियो। उनलाई ब्युरोमा ल्याएर सोधपुछ गर्दा उनको गतिविधि शंकास्पद भएपछि नेपाल प्रहरी अस्पतालमा राखिएको थियो। सो क्रममा उनको शरिरमा कोकिनका क्याप्सुल भेटिएको थियो।
जङ्गली जनावरको आक्रमणबाट ७ जनाको मृत्यु
जङ्गली जनावरको आक्रमणबाट ७ जनाको मृत्यु जङ्गली जनावरको आक्रमणबाट साउन यता सातजनाको मृत्यु भएको छ। गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट ७ जनाको मृत्यु भएको हो।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो। विभिन्न समयमा जङ्गली जनावरको आक्रमणबाट उनीहरुको मृत्यु भएको...
रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन
रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन। राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ। नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण गर्ने प्रयासस्वरुप जिल्ला प्रहरी कार्यालयले अवैधरुपमा उत्खननमा प्रयोग भएका स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ। 
शिक्षकको हत्या आरोपमा एक जना पक्राउ
शिक्षकको हत्या आरोपमा एक जना पक्राउ जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ।
तराईको गर्मीमा पनि लटरम्म फल्यो स्याउ
तराईको गर्मीमा पनि लटरम्म फल्यो स्याउ तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन्। 
म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो
म्याग्दीको दरबाङ सडक कालोपत्र गरियो पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको उपल्लो बजारमा ढल निकासको पक्की नालीसहित सडक कालोपत्र गरिएको छ।विसं २०६३ मा ट्र्याक खुलेको र बेनी–दरबाङ सडकसँग जोडिएको यो सडकले दिच्याम र उपल्लो दुखुलाई जोड्छ। मालिका गाउँपालिका–६ दरवाङको आवासीय क्षेत्रसमेत रहेको उपल्लो बजारको बाटो कालोपत्र भएपछि गाउँको सौन्दर्य बढेको छ। 
Weather Update