बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावितआइतबार, वैशाख २३, २०८१
डढेलो लगाएको आरोपमा ५ जना पक्राउ आइतबार, वैशाख २३, २०८१ जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन्। वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासत मुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको श्रेष्ठले जानकारी दिए।
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते आइतबार, वैशाख २३, २०८१ डडेल्धुरामा गएराति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आज दोस्रो स्थानमा आइतबार, वैशाख २३, २०८१ काठमाडौं उपत्यकामा आइतबार पनि प्रदूषण उच्चस्तरमा छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा छ। काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) आज १८८ छ। एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ ।
मौसम पूर्वानुमान: पहाडमा वर्षा, तराईमा हावाहुरी आइतबार, वैशाख २३, २०८१ आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
६० हजार रुपैयाँसहित काठमाडौंबाट ७ जुवाडे पक्राउ शनिबार, वैशाख २२, २०८१ काठमाडौं महानगरपालिका १४ लामपाटी बस्ने आनन्द श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना शुक्रबार राति पक्राउ परेका हुन्।
बेरोजगारीका कारण दुलही नपाउँदा नेपाल आउँछन् भारतका युवा शनिबार, वैशाख २२, २०८१ भारतको पिथौरागढ जिल्लाका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन्। पछिल्लो समय बेरोजगारीका कारण आफ्नै देशमा दुलही पाउन नसक्दा नेपाल आउने भारतीय युवाको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नेपालको गरिबी र भारतीय युवाको बेरोजगारीले अन्तरदेशीय वैवाहिक सम्बन्ध बढ्न थालेको सञ्चारमाध्यमले विश्लेषण गरेका...
यी पाँच प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख २२, २०८१ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक देखि साधारणतया बदली छ।
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते शुक्रबार, वैशाख २१, २०८१ कमलबजार नगरपालिका–ढुङ्गाल्लाका ५२ वर्षीय शिवराम चलाउने घाइते भएका हुन्।
सर्लाहीमा आगलागीबाट करोडौँको क्षति शुक्रबार, वैशाख २१, २०८१ सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ। जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु –१, बाराउद्योरण गाउँमा बिहीबार भीषण आगालागी भएको थियो।
भोलि डीभीको रिजल्ट आउने, कसरी हेर्ने? शुक्रबार, वैशाख २१, २०८१ अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार (भोलि) सार्वजनिक हुने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै शनिबार डीभीको नतिजा सार्वजनिक गर्ने जानकारी दिएको हो।
काठमाडौं महानरको श्रम बैंकबाट ४ सयभन्दा बढीलाई रोजगारी शुक्रबार, वैशाख २१, २०८१ काठमाडौ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन्। थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन्।
मधेस प्रदेशका लोसपा सांसद अभिराम शर्मा निलम्बनमा शुक्रबार, वैशाख २१, २०८१ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेका छन्। सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा कार्यरत असई थमन विक हत्या प्रकरणमा अदालतबाट जन्मकैदको सजाय पाएका शर्मालाई मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले निलम्बन गरेका हुन्। वैशाख १८ गते मंगलबार नै शर्मालाई निलम्बन गरिएको प्रदेश सभा...