विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर, ४० करोड बढी भ्रष्टाचारको आरोप आइतबार, वैशाख ३०, २०८१

दाउरा खोज्न जाँदा खोलाले बगाएर एक जनाको मृत्यु आइतबार, वैशाख ३०, २०८१ वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ।
-1715502004.jpg)
पानी नआएपछि भत्किन थाले धारा आइतबार, वैशाख ३०, २०८१ खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ। धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको जोहो गर्छन्। खडेरीले मूल सुक्नुका साथै वर्षौँदेखिका खानेपानीका योजना पूरा नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन्।

यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट आइतबार, वैशाख ३०, २०८१ म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ। मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो।

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ गरिने आइतबार, वैशाख ३०, २०८१ आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ।

चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३६ जनाको उद्धार, ३ हजारको उपचार आइतबार, वैशाख ३०, २०८१ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा सशस्त्र प्रहरीले ३६ जनाको उद्धारका साथै तीन हजारको स्वास्थ्य उपचार गरेको छ।

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार आइतबार, वैशाख ३०, २०८१ भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार भएको छ। आइतबार बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

सर्लाहीमा आगलागीबाट १० महिनामा १ सय ६१ घर जले आइतबार, वैशाख ३०, २०८१ सर्लाहीमा चालु आर्थिक वर्षको १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ।जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीनवटा पक्की, एक सय ५८ वटा कच्चि गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको...

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह आइतबार, वैशाख ३०, २०८१ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छिन्।सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएको छ।
-1715492466.jpg)
राष्ट्रपति पौडेलका आर्थिक विज्ञ नेपालको राजीनामा स्वीकृत आइतबार, वैशाख ३०, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालको राजीनामा स्वीकृत भएको छ। हालै १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारले गरेको निर्णयबारे आलोचना गरेपछि उनी विवादमा तानिएका थिए। राष्ट्रपतिको सल्लाहकार जस्तो व्यक्तिले सरकारको निर्णयमा आलोचना गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजनीमा दिएका थिए।
-1715489771.jpg)
पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो आइतबार, वैशाख ३०, २०८१ पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेसँगै अनुगमन थालिएको छ।शनिबार ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुगमन गरेको हो।
-1714189403.jpg)
तनहुँ र गोरखाका सडक स्तरोन्नति गरिँदै शुक्रबार, वैशाख २८, २०८१ तनहुँ र गोरखाका दुई जिल्लामा ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारको बजेटमा ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको छ। तनहुँको व्यास–१० बोटेटारबाट व्यास–८ रिस्तीखोलासम्म छ दशमलव १३० किमी र आँबुनैरेनी–गोरखाबजारसम्म २४ किमी दूरीमा सडक स्तरोन्नति भएको हो।
-1713955690.jpg)
कोशी सरकार गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार शुक्रबार, वैशाख २८, २०८१ कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा कोशीका निर्वतनमा मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सुनुवाइ भएको थियो। न्यायाधीश फुयालको एकल इजलासले आगामी जेठ ९ गते अर्को सुनुवाइको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ।