पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छिन्।
सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएको छ।
तर विध्यालय तहमा कोर्स परिवर्तन नभएका पुस्तक पुनः प्रयोग गर्न सकिए उत्पादन र वितरणमा लाग्ने रकम बचत भई छात्रवृत्तिमा लगाउन सकिने उनको भनाइ छ।
त्यसो त मन्त्री श्रेष्ठले कतिपय सामुदायिक विद्यालयमा पुगेर पुस्तक पुनः प्रयोगबारे बुझाउने तयारी गरेकी छिन्।
शिक्षा मन्त्री श्रेष्ठको सचिवालयका अनुसार कतिपय सामुदायिक विद्यालयको कक्षामै पुगेर पुस्तक पुनः प्रयोगबारे मन्त्रीले बुझाउने कार्यक्रम तय समेत भइसकेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ ११:५६













