वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्युसोमबार, वैशाख ३१, २०८१
-1714474494.jpg)
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ सोमबार, वैशाख ३१, २०८१ सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिए।

पाहा मार्न गएका युवा खोलामा बेपत्ता सोमबार, वैशाख ३१, २०८१ ओखलढुङ्गामा खोलामा पाहा मार्ने क्रममा एकजना बेपत्ता भएका छन्।

ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र सोमबार, वैशाख ३१, २०८१ गोरखा नगरपालिकाको मानेपानीदेखि स्वाँरा–नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने सडक ट्रयाक खुलेको झण्डै ३६ वर्षपछि कालोपत्र भएको छ।
-1715583693.jpg)
लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु सडकमा उभिनुपर्ने बाध्यता अन्त्य गर्न माग सोमबार, वैशाख ३१, २०८१ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त सुधार गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन्।मितिनी नेपालको सहयोगमा मायाको संसारले आइतबार आयोजना गरेको ‘लैङ्गिक, लैङ्गिकता, यौनिकता र नेपाल प्रहरीसँगको सम्बन्ध’ विषयक अन्तरक्रियामा समुदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त संशोधन गर्नुपर्ने वक्ताहरुले धारणा राखेका हुन्।

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी सोमबार, वैशाख ३१, २०८१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आवद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ।

बुद्धिजीवी परिषद् भेलाको निष्कर्ष: विकास र समृद्धिलाई प्राथमिकता सोमबार, वैशाख ३१, २०८१ नेपाल बुद्धिजीवी परिषद्को दुई दिने राष्ट्रिय परिषद् भेला सकिएको छ।भेलाले वर्तमान सत्ता समीकरणले जनतामा आशा र विश्वास जगाउने गरी राजनीतिक स्थिरता, सुशासन, विकास तथा समृद्धिलाई प्राथामिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ।

ग्वार्को आगलागी घटनामा थप एकको मृत्यु सोमबार, वैशाख ३१, २०८१ भोलिपल्ट सञ्जयका छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो। पछिल्लोपटक सञ्जयकी श्रीमती ३२ वर्षीया रुपाको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम् एसपी नरेशराज सुवेदीले जानकारी दिए।

पेस्तोल देखाएर सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ सोमबार, वैशाख ३१, २०८१ गत वैशाख ४ गते धनुषाको सबैला–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुईजना हतियारधारीले जनकपुरधाम–१९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए।

आज र भोलि यी स्थानमा हुनेछ वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्यो पानी? सोमबार, वैशाख ३१, २०८१ हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

गुडिरहेको ट्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु आइतबार, वैशाख ३०, २०८१ आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो।

नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै काठमाडौं महानगर आइतबार, वैशाख ३०, २०८१ काठमाडौं महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही सहकारीले नियमित रुपमा विवरण अद्यावधिक नगरेको भन्दै यस्ता सहकारीलाई पहिचान गरी कारबाही गर्ने जनाएको छ। हाल कामपामा १ हजार ९ सय ५३ सहकारी सञ्चालनमा छन्। जसमध्ये ९ सय ५५ ले मात्रै नियमितरूपमा वार्षिक विवरण पेस गर्ने गरेका कामपाले जनाएको छ।
-1715511078.jpg)
चिकित्सकको आन्दोलनले अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा आइतबार, वैशाख ३०, २०८१ जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। ९ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्।