विमानस्थलबाट निरन्तर सुन तस्करीः २ महिनामा समातियो ५२ किलो सुनबिहीबार, जेठ ३, २०८१
-1714474494.jpg)
नक्कली डाक्टर पक्राउ बिहीबार, जेठ ३, २०८१ जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो।

पाल्पा जीप दुर्घटना: घाइते २ जनाको मृत्यु बिहीबार, जेठ ३, २०८१ पाल्पा बुधबार बेलुका पाल्पामा भएको जीप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन्।उनीहरूको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।...

यी प्रदेशमा आज वर्षाको सम्भावना बिहीबार, जेठ ३, २०८१ हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

अपाङ्गता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रह बुधबार, जेठ २, २०८१ नेपाली कांग्रेसले पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा अधिकारकर्मी दीपक भण्डारीको नेतृत्वमा विगत दुई हप्तादेखि भइरहेको अनसनका माग सम्बोधन र प्रहरीबाट भएको धरपकड रोक्न आग्रह गरिएको हो।

सन्दीपको मुद्दामा फैसलाको तयारी बुधबार, जेठ २, २०८१ क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे फैसलाको तयारी गरिएको छ। बुधबार उच्च अदालत पाटनमा सबै बहस सकिएपछि फैसलाको तयारी गरिएको हो। आज दुवै पक्षका वकिल साथै जवाफी बहस सकिएसँगै अन्तिम फैसलाको तयारी भइरहेको छ। उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ भएको थियो।

सन्दीपको मुद्दाको बहस सकियो, सीसीटीभी फुटेज हेरिने बुधबार, जेठ २, २०८१ क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सबै बहस सकिएको छ। केहीबेरअघि उच्च अदालत पाटनमा दुवै पक्षका वकिल साथै जवाफी बहस सकिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबारदेखि जारी सुनुवाइको बहस सकिएपछि सीसीटीभी फुटेज हेरिने भएको छ। न्यायाधीशद्वयले बहस सकिएपछि सन्दीप र गौशला–२६ बसेको होटलको सीसीटीभी फुटेज हेर्न भनेका...

सन्दीपको मुद्दामा सुनुवाइ जारी रहँदा उच्च अदालतमा समर्थकको भीड, सुरक्षा व्यवस्था कडा पारियो बुधबार, जेठ २, २०८१ उच्च अदालत पाटनका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ जारी रहेको छ। यसअघि मंगलबार नै सन्दीपको मुद्दाको अन्तिम फैसला आउने अपेक्षा गरिए पनि बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको थियो। आज अन्तिम फैसला हुने तयारी गरिएकोमा उच्च अदालत पाटन परिसरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। मंगलबार उक्त मुद्दाको अन्तिम फैसला आउन सक्ने...
-1714474494.jpg)
६ सय ९० किलो गाँजासहित ४ जना पक्राउ बुधबार, जेठ २, २०८१ प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरी, देवानगंज गाउँपालिका–५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम बुधबार, जेठ २, २०८१ सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ। बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरे।

दोलखामा मलामी बोकेको जीप दुर्घटना हुँदा १४ जना घाइते बुधबार, जेठ २, २०८१ दोलखामा मलामी बोकेको जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।बुधबार बिहान मलामी बोकेको बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको जीप मेलुङ गाउँपालिका–१ स्थित चिम्टिी भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका १४ जनामध्ये २ जनाको अवस्थामा गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले न्यूजगृहलाई जानकारी दिएको छ।

८ वटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी बुधबार, जेठ २, २०८१ सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन्। ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन्।

बबईमा डुबेर दाजुभाइको मृत्यु बुधबार, जेठ २, २०८१ भारतबाट फुपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए।