News Griha :: न्यूजगृह
सन्दीपको मुद्दामा फैसलाको तयारी 

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा फैसलाको तयारी गरिएको छ। 

बुधबार उच्च अदालत पाटनमा सबै बहस सकिएपछि फैसलाको तयारी गरिएको हो। 

आज दुवै पक्षका वकिल साथै जवाफी बहस सकिएसँगै अन्तिम फैसलाको तयारी भइरहेको छ। उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ भएको थियो। 

न्यायाधीशद्वयले बहस सकिएपछि सन्दीप र गौशला–२६ बसेको होटलको सीसीटीभी फुटेज समेत हेरेका थिए। 

सन्दीपलाई बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजाय सुनाएको थियो। 

जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले गत फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:५३
Weather Update