News Griha :: न्यूजगृह
सन्दीपको मुद्दाको बहस सकियो, सीसीटीभी फुटेज हेरिने 

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सबै बहस सकिएको छ। 

केहीबेरअघि उच्च अदालत पाटनमा दुवै पक्षका वकिल साथै जवाफी बहस सकिएको हो। 

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबारदेखि जारी सुनुवाइको बहस सकिएपछि सीसीटीभी फुटेज हेरिने भएको छ। 

न्यायाधीशद्वयले बहस सकिएपछि सन्दीप र गौशला–२६ बसेको होटलको सीसीटीभी फुटेज हेर्न भनेका हुन्। फुटेज हेरेपछि आजै फैसलाको तयारी गरिएको छ। 

सन्दीपलाई बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजाय सुनाएको थियो। 

जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले गत फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

अदालतमा सुनुवाइ जारी रहँदा बाहिर समर्थकहरुको भीड समेत लागेको थियो। फैसलापछि हुन सक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा गरिएको थियो। 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:१५
Weather Update