News Griha :: न्यूजगृह
पोर्चुगलमा विशेष कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै
पोर्चुगलमा विशेष कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने भएको छ।लिस्वनस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासको आयोजना तथा गैरआवासीय नेपाली संगठनका साथै त्यहाँ क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा आगामी बिहीबार विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो।
फुङलिङ–पाथीभरा साइकलयात्रा
फुङलिङ–पाथीभरा साइकलयात्रा  ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ।पाथीभरा महोत्सवका क्रममा यात्रा आयोजना गरिएको हो। 
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या भएको आशङ्कामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको देखिएकोले शंकास्पद ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आइतबार बिहान बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो। एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते छन्।
ग्वार्को आगलागी घटनाः गिरी परिवारका चार जनाको मृत्यु [अपडेट]
ग्वार्को आगलागी घटनाः गिरी परिवारका चार जनाको मृत्यु [अपडेट] ललितपुर महानगरपालिका–१७ ग्वार्को स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। दुई छोरी र आमापछि बुबाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। मोबिल भण्डार गरिएको टहरोमा  गत वैशाख २३ गते आगलागी  हुँदा सञ्जय गिरी परिवारका सदस्यहरू घाइते भएका थिए। शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर...
आज देशका यी स्थानमा हुने छ वर्षा
आज देशका यी स्थानमा हुने छ वर्षा आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भूभागमा एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
सगरमाथामा एक सातादेखि बेपत्ता मंगोलियन आरोहीको शव फेला पर्‍यो
सगरमाथामा एक सातादेखि बेपत्ता मंगोलियन आरोहीको शव फेला पर्‍यो झण्डै एक सातादेखि सगरमाथा चुचुरो नजिकबाट हराइरहेका दुई मंगोलियन अल्पाइनिस्टमध्ये एक जनाको शव शुक्रबार फेला परेको छ।खोज तथा उद्धारमा संलग्न काठमाडौंस्थित एटके एक्सपिडसनका निर्देशक लाक्पा थेन्डू शेर्पाका अनुसार आइतबार साँझ सगरमाथा चुचुरो नजिकै ७ हजार ९ सय ५० मिटर उचाईमा रहेको चौंथो शिविरभन्दा माथिबाट हराएका थिए।
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटक वृद्धि 
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटक वृद्धि  चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ। तेस्रो मुलुकका पर्यटकको संख्यामा वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई लाख ७२ हजार नौ सय ४२ पर्यटकले निकुञ्ज क्षेत्र अवलोकन गरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ
दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ दाङको राप्ती गाउँपालिका–४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बीचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ। गाउँ ठूलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ।
हात्ती धपाउँन अत्याधुनिक ‘ड्रोन’ 
हात्ती धपाउँन अत्याधुनिक ‘ड्रोन’  मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ‘ड्रोन’को प्रयोग गर्ने भएको छ।१० लाख खर्च गरेर ड्रोन खरिद गरिएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए। उनका अनुसार दुई किलोमिटर वरपरको दृश्य कैद गर्नसक्ने गरी उक्त ड्रोनमा शक्तिशाली क्यामेरा जडान...
Weather Update