News Griha :: न्यूजगृह
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ— बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।

छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए ।

अन्य चारजना सकुशल छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १८:२९
Weather Update