काठमाडौं— उच्च अदालत पाटनका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ जारी रहेको छ।
यसअघि मंगलबार नै सन्दीपको मुद्दाको अन्तिम फैसला आउने अपेक्षा गरिए पनि बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको थियो।
आज अन्तिम फैसला हुने तयारी गरिएकोमा उच्च अदालत पाटन परिसरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। मंगलबार उक्त मुद्दाको अन्तिम फैसला आउन सक्ने भन्दै सन्दीपका समर्थकहरुको ठूलो भीड लागेको थियो। उनीहरुले नाराबाजी समेत गरेका थिए।
आज पनि मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा बाहिर सन्दीपका समर्थकहरु पुगेका छन्। फैसलापछि हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।
बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजाय सुनाएको थियो। सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलास बहस जारी रहेको छ।