News Griha :: न्यूजगृह
यी प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं— हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

अहिले बिहान कोशी र मधेस प्रदेशसहित देशका  पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 

बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी  प्रदेशको पहाडी भूभागका थोरै  स्थानहरूमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०६:२९
Weather Update