News Griha :: न्यूजगृह
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो 
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो  तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहेकी थिइन्। छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्थिन्। 
साउन १ गतेदेखि पशुपतिको विद्युतीय शवदाहगृह निःशुल्क 
साउन १ गतेदेखि पशुपतिको विद्युतीय शवदाहगृह निःशुल्क  पशुपति आर्यघाटस्थित विद्युत शवदाह गृहमा आगामी साउन १ गतेदेखि कुनै शुल्क नलाग्ने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन्। त्यस्तै उनले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन्। 
डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो
डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो डिभिजन वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभइ नियन्त्रणमा जाँदा ललितपुरमा दुई जानाको ज्यान गएको जनाएको छ।  गोदावरी नगरपालिका–४  बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शंकर पहरीको मंगलबार तथा रमेश पहरीको आज बिहान मृत्यु भएको हो। 
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न के गर्दैछ सरकार? यसो भन्छन् प्रधानमन्त्री 
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न के गर्दैछ सरकार? यसो भन्छन् प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन्। १३५ औँ संयुक्त ट्रेड युनियन महासंघद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा श्रमिक र मजुरहरूको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताएका हुन्। 
आर्थिक मन्दीले घर बन्न छाडेपछि वैकल्पिक पेसामा तनहुँका श्रमिकहरु 
आर्थिक मन्दीले घर बन्न छाडेपछि वैकल्पिक पेसामा तनहुँका श्रमिकहरु  व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रङ लगाउने (पेन्टिङ) थियो। विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उनी अहिले तरकारी व्यापारमा लागेका छन्।
जङ्गलमा लागेको डढेलो गाउँमा पस्दा २ घर जल्यो 
जङ्गलमा लागेको डढेलो गाउँमा पस्दा २ घर जल्यो  चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ। जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो। मंगलबार साँझ ७ बजेतिर जङ्गलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा एक घर पूर्णरुपमा नष्ट भएको छ भने अर्को एक घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी...
श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको माग
श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको माग राष्ट्रिय मानवअधिकार आयोगले श्रमिकका लागि सरकारले लागु गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्वद्ध सबै पक्षलाई आग्रह गरेको छ। १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसका अवसरमा आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आवद्ध गराउन, सुरक्षित र मर्यादित कामको वातावरण निर्माण एवम् श्रम शोषणका...
४ दिनपछि नियन्त्रणमा आयो सूर्यविनायकको जङ्गलमा लागेको डढेलो 
४ दिनपछि नियन्त्रणमा आयो सूर्यविनायकको जङ्गलमा लागेको डढेलो  सूर्यविनायकस्थित जङ्गलमा लागेको डढेलो ४ दिनपछि नियन्त्रणमा आएको छ।      सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोलसम्म फैलिएको थियो। चार दिनको प्रयासपछि आगो नियन्त्रणमा आएको उनले जानकारी दिए। 
नारायणगढ–बुटवल सडकः  ५ वर्षमा ५० प्रतिशत मात्र काम पूरा
नारायणगढ–बुटवल सडकः  ५ वर्षमा ५० प्रतिशत मात्र काम पूरा विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ। ४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ।
शहरको चिया चलनः मेसो नयाँ व्यवसायको  
शहरको चिया चलनः मेसो नयाँ व्यवसायको   बिहान उठ्नेबित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन। पाहुना होस् या साथीभाइसँगको भेटघाटमा चिया पिलाएर सत्कार गर्ने चलन छ। नेपालीका लागि होटल वा रेष्टुरेन्ट छिर्नासाथ चिया अर्डर गर्नु नौलो नै छैन। हिजोआज साना–ठूला होटलमा भव्य चिया पार्टी नै आयोजना गरिन्छ। सरकार होस् या निजी क्षेत्रले आफ्ना कार्यक्रममा आगन्तुकलाई चिया खुवाएर सम्मान...
रसुवामा सम्बन्धविच्छेद घटना बढे, वैदेशिक रोजगारीमा जानेबाट धेरै 
रसुवामा सम्बन्धविच्छेद घटना बढे, वैदेशिक रोजगारीमा जानेबाट धेरै  गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेको पाइएको छ। गत आवमा रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा चालु आवको ९ महिनामा ८१ वटा त्यस्ता मुद्दा परेका छन्। 
Weather Update