पर्वतका ९१ साना उद्योग बन्दबिहीबार, वैशाख २७, २०८१

बाँकेमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली बिहीबार, वैशाख २७, २०८१ बाँकेमा लागुऔषध कारोबारी समात्नका लागि प्रहरीले गोली चलाएको छ। बिहीबार बिहान लागुऔषध ब्युरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीलाई पिछा गरेको तर भाग्न खोजेपछि गोली चलाएको हो। सो क्रममा एक जना घाइते भएको र अर्को व्यक्तिलाई सकुशल रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले न्यूजगृहलाई जानकारी दिएको छ।

१८ वर्षपछि सडक कालोपत्र बिहीबार, वैशाख २७, २०८१ जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो।

तीन मौसमी प्रणालीको असर नेपालमा, यी पाँच प्रदेशमा चट्याङसहित वर्षा बिहीबार, वैशाख २७, २०८१ आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

वर्षापछि वायु प्रदूषण घट्दै बुधबार, वैशाख २६, २०८१ सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ।

भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन बुधबार, वैशाख २६, २०८१ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भृकुटीमण्डप बजार क्षेत्रको निरीक्षण गरेकी छिन्। उनले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिइन्।

सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौं महानगरपालिका बुधबार, वैशाख २६, २०८१ काठमाडौं महानगरपालिकाले तथ्यांक र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन तथा प्रसारण गर्ने भएको छ। नियमन क्षेत्राधिकार अन्तर्गतका प्रतिनिधिहरुलाई बोलाएर सूचना प्रवाह संयन्त्रका विषय समेत अवगत गराउने कामपाको तयारी रहेको छ।

५ वर्ष अघि नै सम्पन्न हुनुपर्ने मुस्ताङको चराङ–छोसेर सडक आयोजना अलपत्र बुधबार, वैशाख २६, २०८१ राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण अधुरो रहेको छ। पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयबासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ।
-1714474494.jpg)
अमेरिका पठाइदिने भन्दै १ करोड बढी ठगी गर्ने चौधरी पक्राउ बुधबार, वैशाख २६, २०८१ प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कैलालीको गौरीगङ्गा नगरपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

झापामा ८ सय ८५ इजाजत प्राप्त हतियार बुधबार, वैशाख २६, २०८१ मुलुकमा पछिल्लो समय कुनै हिंसात्मक द्वन्द्वको अवस्था छैन। व्यक्तिगत असुरक्षा निम्तिने कुनै त्रासदी नहुँदा पनि झापाका सर्वसाधारणले ठूलो संख्यामा निजी हातहतियार राखेको पाइएको छ।प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापामा सर्वसाधारणले आठ सय ८५ वटा निजी हतियार (बन्दुक) राख्न इजाजत लिएको बताए। उनका अनुसार भरुवा बन्दुकदेखि अर्धस्वचालित हतियार नागरिकसँग रहेको...

प्रधानमन्त्रीले गरे सुनकोशी मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ बुधबार, वैशाख २६, २०८१ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सिन्धुलीकाे सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्। तराई–मधेसका विभिन्न जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको...
-1715149659.jpg)
शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल बुधबार, वैशाख २६, २०८१ दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उनी शिक्षण पेसामा आवद्ध रहेका थिए। गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आएका उनी पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहेका छन्।

गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने बुधबार, वैशाख २६, २०८१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ।