News Griha :: न्यूजगृह
गण्डकी प्रदेशका सभामुखविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट दायर  
गण्डकी प्रदेशका सभामुखविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट दायर   गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा ३० मत रहँदा सभामुख धितालले बहुमत पुगेको र मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक पर्ने भएपनि सभामुखले ३० मतमा नै बहुमत पुगेको दाबी...
बाँकेमा ‘लू’ ले जनजीवन कष्टकर
बाँकेमा ‘लू’ ले जनजीवन कष्टकर अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ। दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार नेपालगञ्जको अधिकतम तापक्रम बढेको हो। तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने,...
पोखरा जोड्ने दुई ठूला राजमार्गमा हिलो र धुलोले सास्ती
पोखरा जोड्ने दुई ठूला राजमार्गमा हिलो र धुलोले सास्ती पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ। पोखरा–मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी सडक समयमा नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ।
बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु
बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए। 
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ? हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली  रही गण्डकी प्रदेशका केही साथै बागमती र कोशी प्रदेशका एक/दुई स्थानहरुमा हल्का देखी...
झगडापछि माइत गएकी श्रीमतीलाई घरमा बोलाएर हत्या, श्रीमान पक्राउ  
झगडापछि माइत गएकी श्रीमतीलाई घरमा बोलाएर हत्या, श्रीमान पक्राउ   पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। रामग्राम नगरपालिका—१६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लागेको थियो। 
१७औँ शताब्दीमा सेनवंशी राजाले प्रयोग गरेको तोप जीर्ण बन्दै 
१७औँ शताब्दीमा सेनवंशी राजाले प्रयोग गरेको तोप जीर्ण बन्दै  तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ। दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ। १७औँ शताब्दीमा सेनवंशीय राजाले प्रयोग गरेको उक्त तोपको संरक्षण गर्नुपर्ने स्थानीय मदन आलेले बताए। उनले भने, ‘प्राचीन अवस्थादेखि नै तोप जीर्ण अवस्थामा रहेको छ। यसको संरक्षण...
नाकाका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब
नाकाका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन्।     नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन्। गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गरिन्। 
जनकपुरमा लुटेरा समूहले हतियार देखाएर लुट्यो ८० लाख 
जनकपुरमा लुटेरा समूहले हतियार देखाएर लुट्यो ८० लाख  जनकपुरमा लुटेरा समूहले हातहतियार देखाएर ८० लाख लुटपाट गरेको छ। सोमबार दिउँसो जनकपुर उपमहानगरपालिका वडा नं १९ स्थित थुमौना भन्ने स्थानमा एक व्यक्तिको साथबाट ८० लाख लुटिएको हो। बैंकबाट झिकेको रकम एक लुटेरा समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले न्यूजगृहलाई जानकारी दिए। 
नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल
नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ।  जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडीबी) को बोर्ड अफ गभर्नरको ५७औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकांक्षा सम्बोधन गर्न ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले...
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन्। काठमाडौं, चन्द्रागिरी नगरपालिका—२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्रामसहित चितवन भरतपुर महानगरपालिका—१८ बस्ने २६ वर्षीय नजिन थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।
संरक्षण गर्न लागेको ताल नै सुकेपछि... 
संरक्षण गर्न लागेको ताल नै सुकेपछि...  बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो। तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो। तर अहिले तालमा पानी होइन कमिला डुल्छन्। गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो। 
Weather Update