डेढ केजी सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ शुक्रबार, वैशाख १४, २०८१
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै शुक्रबार, वैशाख १४, २०८१ निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ। सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो।
उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति शुक्रबार, वैशाख १४, २०८१ उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने ५० लाख बराबरको क्षति भएको छ।
टर्कीका लागि नेपाली राजदूत अधिकारीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत शुक्रबार, वैशाख १४, २०८१ टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। अङ्कारास्थित राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ। अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत रहेका छन्।
शेखर कोइरालाको प्रश्न– डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ? शुक्रबार, वैशाख १४, २०८१ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनी बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताएका छन्। डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताए।
कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय बिहीबार, वैशाख १३, २०८१ पहिलो संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता...
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय काठमाडौं महानगरको सम्पर्कमा बिहीबार, वैशाख १३, २०८१ काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ। तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन्।
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा बिहीबार, वैशाख १३, २०८१ कालीकोट जिल्लाकै नमुना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको छ। स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमुना स्याउ बगैँचा हो ।
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए अनुमति बिहीबार, वैशाख १३, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न अनुमति दिएका छन्।गत वैशाख १० गतेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न अनुमति दिएका हुन्।
धनुषामा प्रहरी र स्थानीयबीच झडप, ९ राउण्ड अश्रुग्यास प्रहार बिहीबार, वैशाख १३, २०८१ धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ। धनुषाको औहरी गाउँपालिका—१ स्थित पौडेसर भन्ने स्थानमा झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रन्जन अवाले न्यूजगृहलाई जानकारी दिए। युवायुवती आफूखुसि भागेपछि केटीका आफन्तले अवरोध सिर्जना गरेपछि झडप भएको उनले बताए।
‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी यूएईबाट पक्राउ बिहीबार, वैशाख १३, २०८१ वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका–२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन्।
दलीय राजनीति गर्ने शिक्षकहरुविरुद्ध शिक्षामन्त्री एक्सनमा, आयोगबाट मगाइयो विवरण बिहीबार, वैशाख १३, २०८१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आवद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ। ‘राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने’ निर्णय भएको मन्त्रालयले जनाएको छ।
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित बिहीबार, वैशाख १३, २०८१ मटिहानी नगरपालिका–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्।बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लिबाठ भएको हो। बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय घर खरानी भएका हुन्।