News Griha :: न्यूजगृह
ललितपुरमा मोबिलको स्टोरमा आगलागी, ५ जना घाइते 
सांकेतिक तस्बिर

काठमाडौं— ललितपुरमा आगलागी हुँदा ५ जना घाइते भएका छन्।  

आइतबार दिँउसो ललितपुर महानगरपालिका वडा नं १७ स्थित बाफल भन्ने स्थानमा आगलागी भएको हो। 

मोबिलको स्टोर भएको टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले न्यूजगृहलाई जानकारी दिए। 

Prabhu Bank

घाइतको अहिले किष्ट अस्पतालमा उपचार भइरहेको उनले बताए। 

‘मोबिल राखिएको स्टोर भएको टहरोमा आगलागी भएको हो,’ उनले भने, ‘तीन बालबालिकासहित ५ जना घाइते रहेका छन्, उनीहरुको किष्ट अस्पतालतमा उपचार भइरहेको छ।’ 

उनका अनुसार बिहान १० बजेको समयमा त्यहाँ आगलागी भएको थियो। 

मोबिल सल्किएको आगो नियन्त्रणका लागि पानीले मात्र सम्भव नभएपछि केमिकलको समेत प्रयोग गरेर आगो निभाउने काम भइरहेको छ। त्यहाँ ५ वटा दमकलको प्रयोग गरेर आगो निभाउन थालिएको उनले बताए। 

‘मोबिलमा लागेको आगो पानीले मात्र निभाउन सम्भव नभएपछि केमिकल समेत प्रयोग गरेर आगो निभाउने काम भइरहेको छ,’ उनले भने, ‘आगो निभाउन ५ वटा दमकल प्रयोग गरिएको छ।’ 

पछिल्लो समय लामो समयसम्म पानी नपरेका कारण बढेको सुख्खापनले आगलागीका घटना बढिरहेका छन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:४३
Weather Update