News Griha :: न्यूजगृह
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्। गाईखर्क सामुदायिक वनमा मंगलबार लागेको  डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, दुई जना घाइते
बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, दुई जना घाइते सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन्। 
झापामा जीप र मोटरसाइकल ठाेक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु
झापामा जीप र मोटरसाइकल ठाेक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।
यी तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
यी तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना साथै आज दिउसो लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। साथै आज दिउँसो लुम्बिनी प्रदेश लगायत कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरूमा र राति लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक...
पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह
पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन्। पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो रहेको पत्ता लागेकाले त्यसको आधिकारिक अभिलेख राखी पूर्वाधार विकासमा लगानी र प्रचारप्रसारमा ध्यान दिन स्थानीयको आग्रह छ। 
तनहुँमा साढे दुई महिनामा २३ सामुदायिक वनमा आगलागी
तनहुँमा साढे दुई महिनामा २३ सामुदायिक वनमा आगलागी तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ। फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो।  
धनुषामा मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु
धनुषामा मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ। 
प्राध्यापकहरुलाई विश्वस्तरको शिक्षा र अनुसन्धानको अवसर आवश्यक
प्राध्यापकहरुलाई विश्वस्तरको शिक्षा र अनुसन्धानको अवसर आवश्यक त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, चाइनिज एकेडमी अफ साइन्सेस र त्रिविको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन(केसिआरई)को संयुक्त आयोजनामा तथ्यांक विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा  क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ।
लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ
लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेको छ।
भारतमा नेपाली चियाको अवरोध हटाउन माग
भारतमा नेपाली चियाको अवरोध हटाउन माग भारतीय पक्षले नेपालमा उत्पादित चियाको निर्यातमा अवरोध गरेपछि नेपाली व्यवसायीहरु मारमा परेका छन्। पूर्वी नेपालका चिया उद्योगीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समस्या समाधानका लागि पहल गर्न माग गरेका छन्। 
गुडिरहेको ट्रकमा एक्कासी आगलागी भएपछि...
गुडिरहेको ट्रकमा एक्कासी आगलागी भएपछि... रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ आउँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ।
छोरी जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु
छोरी जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको साढे १ घण्टा पछि मृत्यु भएको हो।
Weather Update