News Griha :: न्यूजगृह
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी नियुक्त

काठमाडौं— जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको संचालक समिति सदस्यमा राम भण्डारी नियुक्त भएका छन्।  

तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौँडामा रहेको जीपी कोइरालाको राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको संचालक समितिमा नियुक्त भण्डारी सो अस्पतालको नाममा जग्गा ल्याउन नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति हुन्।

उनले सेती गंगा सामुदायिक अस्पतालको भवन र त्यहाँका कर्मचारी ल्याएर १ सय बेडको अस्पताल संचालन गर्न समेत महत्वपुर्ण भूमिका खेलेको थिए। यसअघि पनि भण्डारी अस्पतालको आर्थिक तथा पुर्वाधार समितिको संयोजक भएर काम गरिसकेका छन् ।

अस्पतालले तनहुँ लमजुङ, गोर्खा, कास्की, स्याङ्जा लगायतका जिल्लाका बिरामीहरुले सेवा पाएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १३:००
Weather Update