News Griha :: न्यूजगृह
मधेस प्रदेशका लोसपा सांसद अभिराम शर्मा निलम्बनमा 

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेका छन्।  

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा कार्यरत असई थमन विक हत्या प्रकरणमा अदालतबाट जन्मकैदको सजाय पाएका शर्मालाई मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले निलम्बन गरेका हुन्। 

वैशाख १८ गते मंगलबार नै शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयका सचिव अरुणकुमार झाले जानकारी दिए। 

‘महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मूनामा प्रतिदी समेत रहनु भएका प्रदेश सभा सदस्‍य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं। र १३(३) नं‌ बमोजिमको कसूरमा सोही महलको १३ (३) बमोजिम जन्मकैद ठहर भएको ले प्रदेश सभा कार्यसञ्चालन नियमालवली , २०७५ को नियम २१०को उपनियम (४) बमोजिम माननीय सभामुखज्यूले मिति २०८१–०१–१८ गते निज माननीय अभिराम शर्मालाई मधेश प्रदेश सभा सदस्‍यको पदबाट निलम्बन गर्ने निर्णय गर्नुभएको यो सूचना सम्बन्धित सबैमा जानकारीका लागि प्रकाशित गरिएको छ,’ प्रदेश सभा सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

२०७२ साल भदौ २५ गते महोत्तरीमा भएको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो। 

हत्या आरोपमा उनीसहित ७ जनालाई महोत्तरी जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियाे। 


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:५१
Weather Update