एक सयको नोटमा ‘चुच्चे नक्सा’ राख्ने सरकारको निर्णय
काठमाडौं— सरकारले चलनचल्तीमा रहेको एक सयको नोटमा भएको नक्सा परिवर्तन गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सयको नोटमा लिपुलेक–कालापानी समेटिएको ‘चुच्चे नक्सा’ राख्ने भएको हो।
बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्सा फेरेर चुच्चे नक्सा राख्ने निर्णय गरेको जानकारी दिइन्।
अर्थ मन्त्रालयले नक्सा फेर्ने विषयसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१ १६:२३