News Griha :: न्यूजगृह
कस्तो छ आजको मौसम पूर्वानुमान?

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएको छ। 

महाशाखाले जारी गरेको तीन दिनको बुलेटिनअनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।

Prabhu Bank

शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

आइतबार दिउँसो  देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०५:५५
राजनीति
विशेष
Weather Update