News Griha :: न्यूजगृह
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ 
फाइल तस्बिर

काठमाडौं— काठमाडौं र मोरङमा गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका–९ बस्ने ५३ वर्षीय उत्तम महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

Prabhu Bank

शनिबार दिउँसो प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई नगद ३४ हजार २ सय ८५ रूपैयाँ र १५ बुक ताससहित पक्राउ गरेको हो। 

त्यस्तै प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका–१० प्रतिभा टोल बस्ने प्रेम बहादुर चौहानको घरमा जुवातास खेलिरहेको अवस्थामा चौहान समेत ७ जनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार १ सय १५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:३७
Weather Update