पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्नआइतबार, वैशाख १६, २०८१
हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ आइतबार, वैशाख १६, २०८१ उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनी ठगी गर्ने गरेको उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौंको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा आइतबार, वैशाख १६, २०८१ क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ। आइतबारका लागि उच्च अदालत पाटनमा पेसी तोकिएको थियो। तर समय अभावका कारण न्यायाधीशले ‘हेर्न नभ्याइने’ मा राखेका हुन्।
पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ आइतबार, वैशाख १६, २०८१ प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ। पर्सा, कालिकामाई गाउँपालिका–१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेलापारी उनलाई पक्राउ गरेको हो।
शंखमुलको आगलागी नियन्त्रणमा आइतबार, वैशाख १६, २०८१ काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ।आइतबार दिउँसो शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो। लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको छ।
शंखमुलमा आगलागी आइतबार, वैशाख १६, २०८१ काठमाडौंको शंखमुलमा आगलागी भएको छ। आइतबार दिउँसो शंखमुलको दोभान पुल नजिकै एक वर्कशपमा आगलागी भएको हो। आगलागीबाट वर्कशपसहित अन्य केही पसलमा समेत क्षति भएको छ। आगलागीबाट के कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।
लगानी सम्मेलन चलिरहँदा राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश आइतबार, वैशाख १६, २०८१ लगानी सम्मेलन चलिरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी गरेका छन्। लगानी सहजीकरणका लागि सरकारको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन्।
मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध आइतबार, वैशाख १६, २०८१ मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध कायम भएको छ। होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेश र पर्यटन व्यवसायी महिला संघ (टेवान) बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको हो।
देशभर तापक्रम वृद्धि, तराई र काठमाडौंमा आजदेखि पाँच दिन 'हिटवेव', उच्च सतर्कता अपनाउन आग्रह आइतबार, वैशाख १६, २०८१ विगत केही दिन देखि देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको विभागले उल्लेख गरेको छ। लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको तथा देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने...
यी स्थानमा वर्षाको सम्भावना, लुम्बिनी, मधेस र कोशी प्रदेशमा हावाहुरीको जोखिम आइतबार, वैशाख १६, २०८१ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई...
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुईको मृत्यु शनिबार, वैशाख १५, २०८१ सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन्। आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन्।
रुसी सेनामा भर्ती भएकाको उद्धार माग गर्दै अनशन शनिबार, वैशाख १५, २०८१ तीन जनाले आमरण अनशन जारी राखेका छन् भने ६० जना अन्य रिले अनशनमा सहयोग गरिरहेको भण्डारीले बताइन्। यस्तै, अर्का पीडित किसन थापाले भनेजति र देखेजति सबै निकायमा गएपनि प्रभावकारी काम हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले सेनामा भर्ती भएकाहरूको उद्धार, रुसी सेनामा रहेका नेपालीको तथ्यांक सार्वजनिक, युद्धमा घाइते नेपालीको उचित...
देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग शनिबार, वैशाख १५, २०८१ शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ। शनिबार सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, अपांगता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेसमा बसोबास गर्ने मधेसी, आदिवासी जनजाती, लगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षक माग गरिएको हो।