News Griha :: न्यूजगृह
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं— अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन्। 

काठमाडौं, चन्द्रागिरी नगरपालिका—२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्रामसहित चितवन भरतपुर महानगरपालिका—१८ बस्ने २६ वर्षीय नजिन थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।

Prabhu Bank

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरो नागढंगा शाखाबाट खटिएको संयुक्त टोलीले नारायणघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज ००५१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। 

त्यस्तै कैलाली, गोदावरी नगरपालिका–६ बढैयाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सोही नगरपालिका–६ बस्ने २७ वर्षीय जय किशन चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

त्यसैगरी प्रहरीले मोरङ, सुन्दरहरैचा नगरपालिका–७ डाँडागाउँबाट अवैध लागुऔषध गाँजा करिब ५ सय ग्रामसहित सोही नगरपालिका–७ बस्ने ६३ वर्षीय देव चौधरी र सोही नगरपालिका–७ बस्ने वर्षीय ३८ वर्षीय दुर्गा प्रसाद फुयाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो।

साथै थप सोधपुछको क्रममा प्र.१–०२–०५३ प ९०३१ नम्बरको मोटरसाइकल मार्फत गाँजा ओसार पसार गरी बिक्रीको लागि ल्याइदिने गरेको भनी खुल्न आएपछि  उक्त मोटरसाइकल चालक केरावारी गाउँपालिका–४ बस्ने ३१ वर्षीय सुविन राई समेत २ जनालाई करिब २ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ। 

बाँके, बैजनाथ गाउँपालिका–४ जनमत टोल बस्ने ३२ वर्षीय मनोज थापा समेत २ जनालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मनोजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ परेकाहरुको सम्बन्धामा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:०३
Weather Update