News Griha :: न्यूजगृह
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै 

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ। 

यसअघि पटकपटक पेसी तोकिए पनि सुनुवाइ हुन नसकेको मुद्दामा आज उच्च अदालत पाटनमा पेसी तोकिएको हो। 

बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका हुन्।

गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए। त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो। 

 जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो। 

यसअघि पनि पटकपटक पेसी तोकिँदै ‘हेर्न नमिल्ने’ मा उक्त मुद्दा पर्दै आएको थियो। 

उच्च अदालत पाटनमा यसअघि अन्तिम पटक बैशाख २३ गतेका लागि पेसी तोकिएकोमा मुद्दा ‘हेर्न नभ्याइने’मा राखिएको थियो।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १०:१४
Weather Update