नीति तथा कार्यक्रम: सरकारले गरिब पहिचान गरी निःशुल्क बीमा गर्ने
काठमाडौं— सरकारले आगामी आर्थिक वर्षमा गरिबहरुको पहिचान गरी निःशुल्क बीमा गर्ने भएको छ।
आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा जानकारी गराएका हुन्।
‘आगामी आर्थिक वर्षमा गरिब पहिचान गरी निःशुल्क बीमा गरिनेछ,’ उनले भने।
त्यस्तै गरिबहरुका लागि ग्यास, ट्युबेल लगायत दैनिक जीवनयापनका साधनहरुको उपलब्ध गराइने उनले बताए।
अहिले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १५:३४