News Griha :: न्यूजगृह
पशुपतिको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षकै संलग्नता 

काठमाडौं— पशुपतिनाथ मन्दिरमा चढाएको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको नै संलग्नता रहेको पाइएको छ। 

भेटी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले कोषका कर्मचारी अनिल परियारसहित ८ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ। 

कोषमा बाजा बजाउने काम गर्दै आइरहेका कर्मचारी अनिलले कोषका कोषाध्यक्ष नारायण सुवेदीले नै आफूहरुलाई भेटी चोर्ने काममा लगाउने गरेको बताएका हुन्। 

सार्वजनिक भिडिओमा अनिलले आफूहरुले नगर्ने भने पनि सुवेदीले ‘म छु केही हुँदैन काम गर’ भन्दै काममा लगाउने गरेको बताए। 

‘हाम्रो कोषाध्यक्षज्यू हुनुहुन्छ नी के सुवेदी, नयाँ आउनुभएको छ नी, उहाँले म छु तिमिहरु काम गर भन्नु भएको हो,’ उनले भने, ‘हामीले त नगर्ने भनेको हो। तर हाकिम साब नारायण सुवेदीले हामीलाई गर गर भन्नुहुन्छ।’ 

त्यस्तै आफूहरुले नगनिकन पैसा लैजाने गरेको बताए। 
आफूहरु दुई तीन महिनादेखि चोरीको काम गरिरहेको बताए। महिनामा आफ्नो भागमा १५ हजार पर्ने गरेको बताए। 

सोमबार नै ८–९ हजार चोरी गरेको बयानमा बताएका छन्। उनले आफूले नवराज ढोडारी भन्ने व्यक्तिलाई बुझाएको बताए। 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:४८
Weather Update