रुपन्देहीमा २०७ उद्योग बन्दसोमबार, जेठ १४, २०८१

स्थानीय यार्सा टिप्न लेक गएका बेला मुगुमा सिंगो गाउँ लुटियो सोमबार, जेठ १४, २०८१ मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ। गाउँका अधिकांश मानिसहरू यार्सागुम्बा संकलन गर्न पाटन गएको मौका छोपी हतियारधारी समूहले शनिबार साँझ लुटपाट गरेको हो।

चितवनमा बोर्डिङ स्कुलको बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ सोमबार, जेठ १४, २०८१ चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन बोर्डिङ स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति विश्वनाथ थारु (महेश) हुन्। गत वैशाख ३० गते बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा आगजनी भएको थियो।

नेपालमा शक्तिशाली ‘रेमल’ चक्रवातको प्रभाव, कस्तो रहला मौसम? सोमबार, जेठ १४, २०८१ नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ।

चितवनमा ४ वटा सवारीसाधन एकैठाउँमा ठोक्किए, एक जनाको मृत्यु, २३ घाइते सोमबार, जेठ १४, २०८१ भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

गर्मी छल्न जलबिरे झरनामा पर्यटक आइतबार, जेठ १३, २०८१ चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–६ मा रहेको जलबिरे झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरण भएकाले तराईको गर्मी छल्न आन्त्रिक पर्यटक यहाँ आउने गरेका छन्।
-1716724200.jpg)
जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला आइतबार, जेठ १३, २०८१ मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ। घुम्टोबाट निस्कन बुहारीले निकै संघर्ष गर्नुपर्छ। यसरी घुम्टोबाट बाहिर निस्किएकी हरिवन निवासी एक बुहारी उद्यमीका रुपमा परिणत भएकी छिन्।

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना आइतबार, जेठ १३, २०८१ मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

बाँदर धपाउन गाउँपालिकाले नियुक्त गर्यो ३५ हेरालु कर्मचारी आइतबार, जेठ १३, २०८१ पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन ३५ जना हेरालु कर्मचारी नियुक्त गरेको छ। अन्नबाली जोगाउन बाँदर समस्या समाधानका लागि विभिन्न उपाय अवलम्बन गरे पनि समाधान समाधान नभएपछि पालिकाका सातवटै वडामा पाँच–पाँच जनाका दरले हेरालु कर्मचारी नियुक्त गरिएका छन्।
-1716709812.jpg)
पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु आइतबार, जेठ १३, २०८१ जैमिनी नगरपालिका–१० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा रहेको छ हाँडिकोट टापु। समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाड पनि हो।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित आइतबार, जेठ १३, २०८१ प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ।
-1716697962.jpg)
आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार आइतबार, जेठ १३, २०८१ राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ।

काठमाडौं उपत्यकाको तापक्रम बढ्दो क्रममा आइतबार, जेठ १३, २०८१ काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। आज काठमाडौंमा अधिकतम तापक्रम ३१ देखि ३३.४ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।