News Griha :: न्यूजगृह
चितवनमा बोर्डिङ स्कुलको बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ 

काठमाडौं— चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन बोर्डिङ स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति विश्वनाथ थारु (महेश) हुन्।

गत वैशाख ३० गते बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा आगजनी भएको थियो।

थारुसहित ६ जनाको समूहले पेट्रोल बम प्रहार गरेर आगजनी गरेको दाबी प्रहरीको छ। पक्राउ परेका थारु भरतपुर-२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेको खुलेको छ। 

उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरेको हो। घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

थारुविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत चितवनले प्रहरले ७ दिनको म्याद दिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०८:५५
Weather Update