रोवर्टपछि विद्यार्थीले बनाए ड्रोनबिहीबार, जेठ १७, २०८१

कोरोनाको नयाँ भेरियन्ट देखिएपछि थप १६ लाख मात्रा खोप ल्याइँदै बिहीबार, जेठ १७, २०८१ सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोनाविरुद्धको खोप ल्याउने ६ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो।
-1716622164.jpg)
भानुभक्त जन्मस्थलको निर्माणमा स्वामित्व ग्रहणको समस्याले अन्योलता बिहीबार, जेठ १७, २०८१ नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नाममा गठित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको स्वामित्वमा समस्या देखिँदा अन्योल भएको छ।

अत्यधिक गर्मी बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द बिहीबार, जेठ १७, २०८१ अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन्। केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्।

जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो बिहीबार, जेठ १७, २०८१ जुम्लाका आठवटै स्थानीय तहका किसान हाल मार्सी धान रोपाइँमा व्यस्त छन्। मार्सी जुम्लामा मात्र उत्पादन हुने गरेको छ। तातोपानी गाउँपालिकाका स्थानीयबासी लक्ष्मी कार्कीका अनुसार जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर मार्सीको रोपाइँ हुने गरेको छ। केही समय यता मार्सी चामलको माग बढेपछि किसान उत्साहित भएर यसको खेतीमा लागेका छन्।

आज काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने बिहीबार, जेठ १७, २०८१ काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ। गत मंगलबार २८ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो। आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

जनकनन्दिनी बन्यो पूर्णखोप पालिका बिहीबार, जेठ १७, २०८१ धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ। ६ वटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो।

सुर्खेतमा जीप दुर्घटना, ४ जनाको मृत्यु बिहीबार, जेठ १७, २०८१ जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार जीप राति दुर्घटना भएपनि बिहान मात्र उद्धार कार्य भएको थियो । जीपमा १० यात्रु रहेको प्रहरीले बताएको छ।
![भीमफेदी कार दुर्घटनाः तीन जनाको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/death-body-death-1697010507.jpg)
भीमफेदी कार दुर्घटनाः तीन जनाको मृत्यु [अपडेट] बिहीबार, जेठ १७, २०८१ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको थियो।

असार १ गतेबाट पशुपतिका चारवटै ढोका बिहान ४ बजे नै खोलिने बुधबार, जेठ १६, २०८१ आरध्यदेव पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन्।

बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति बुधबार, जेठ १६, २०८१ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ। ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो।

धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन् बुधबार, जेठ १६, २०८१ धन कमाएर आउने र परिवारसँग सुखी जीवन बिताउने सुन्दर सपना बोकेर विदेश गएका हजारौँ युवा अब कहिले पनि फर्किने छैनन्।सुन्दै कहालीलाग्दो यो खबर आफन्त र गाउँघरका लागि कति पीडादायी हुँदो हो। अनुमान गर्न पनि कठिन छ। जतिसुकै कठोर खबर भए पनि यो अपत्यारिलो खबर भने होइन, कटुसत्य हो।संवैधानिक...

गुच्चाको गोली लागेपछि गाउँबाट बाँदर गायब बुधबार, जेठ १६, २०८१ कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन्। स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन्।‘रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,’ गुरुङले भने, ‘घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखापरेका छैनन्।’