आजदेखि कान्तिलोकपथ पूर्ण रूपमा सञ्चालनमासोमबार, जेठ २१, २०८१
-1715234552.jpg)
उद्योगकाे नवप्रवर्तन सर्वेक्षणका लागि थापाथली क्याम्पसका विद्यार्थीलाई खटाइने सोमबार, जेठ २१, २०८१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र थापाथली इन्जिनियरिङ क्याम्पसबीच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ।

आजको मौसम पूर्वानुमानः यी प्रदेशमा मेघगर्जनसहित वर्षा, हावाहुरीको पनि सम्भावना सोमबार, जेठ २१, २०८१ कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित आइतबार, जेठ २०, २०८१ हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ। यही जेठ १७ गते अपराह्न आएको हुरीले विद्यालयको दुईवटा भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको हो।
-1717324389.jpg)
यसकारण ट्र्याक्टर छाडेर गोरु पाल्दै किसान आइतबार, जेठ २०, २०८१ संघीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे। गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले।

किन अलपत्र बन्यो ‘कोल्डस्टोर’ निर्माणको काम? आइतबार, जेठ २०, २०८१ पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर (शीत भण्डार) विगत आठ वर्षदेखि अलपत्र बनेको छ। आर्थिक वर्ष २०७३/७४ मा पाँच करोडको लागतमा निर्माण सुरु भएको उक्त कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो।
-1717308801.jpg)
वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै आइतबार, जेठ २०, २०८१ औद्योगिक नगरी वीरगञ्ज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण सुरु गरेको छ।

सेती लोकमार्गको काम अन्तिम चरणमा आइतबार, जेठ २०, २०८१ सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ। त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ।
-1717301898.jpg)
सडक विस्तार गर्दा खसेको पहिरोले दमौली–डुम्रेखण्ड अवरुद्ध आइतबार, जेठ २०, २०८१ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ।

यस्तो छ आजको मौसम पूर्वानुमान आइतबार, जेठ २०, २०८१ आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एक/दुइ स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ |

यातायात विभागले किन छापेन २ लाख ६० हजार लाइसेन्स कार्ड? शनिबार, जेठ १९, २०८१ यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारीचालकहरुले अनावश्यक तनाव भोग्नुपरेको देखिएको छ। विभागले सवारीचालक अनुमतिपत्र छपाईमा गरेको अनावश्यक ढिलाई नै शङ्काको घेरामा परेको छ भने सरकारको निर्णय समयमा कार्यान्वयन नगरेको भनेर संवैधानिक निकायले प्रश्न पनि गरेको छ।

जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ शनिबार, जेठ १९, २०८१ मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको कक्ष, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायतका ३५ भन्दा बढी कक्ष रहनेछन्। कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएका छन्। मेलाबाट रोजगारदाता र श्रमिकमा उत्साह...

ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु शनिबार, जेठ १९, २०८१ ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुवै चालकको मृत्यु भएको छ।शनिबार बिहान साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका–४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०६२ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए।