News Griha :: न्यूजगृह
आज ७१औँ सगरमाथा दिवस 

काठमाडौं— आज मे २९ अर्थात् अन्तर्राष्ट्रिय  सगरमाथा दिवस। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ।

नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रूपमै यो दिवस मनाउन निर्णय गरेको थियो। यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस मनाउन लागेको छ। 

सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए।

त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ। कोरोना महामारीले ठप्प बनेको हिमाल आरोहणमा त्यसयता नेपाली र विदेशीको आकर्षक गन्तव्य बनेको छ।

पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरूले यो दिनलाई विशेष मान्छन्।  सगरमाथाले नेपाललाई विश्वमा चिनाइरहेको छ। त्यस्तै आज मानिस र सगरमाथा बीचको सामीप्यता बढाउने दिन हो।

पछिल्लो पटक कामिरीता शेर्पाले सगरमाथाको ३०औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्।  

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०७:१२
Weather Update