News Griha :: न्यूजगृह
काठमाडौंमा हावाहुरीसहित वर्षा

काठमाडौं— काठमाडौंमा हावाहुरीसहित वर्षा भइरहेको छ। दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा निम्त्याएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

‘दाङदेखि नै विकास भएको सिस्टम हो यो। चितवनको उत्तर भागदेखि सक्रिय देखिएको छ,’ अर्यालले भने, ‘यो एक/डेढ घण्टा रहन्छ। त्यसपछि उत्तरपूर्व लाग्ने देखिन्छ।’

उनले यो प्रणालीका कारण काठमाडौंमा मध्यम वर्षा हुने बताए। अहिले मकवानपुर आसपास मध्यम वर्षा भइरहेको छ। त्यस्तै बारा, पर्सामा पनि मध्यम वर्षा भइरहेको छ।

हाल मनसुनी वायु भारतको सिक्किम आसपास आइपुगेको छ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ११:४९
Weather Update