News Griha :: न्यूजगृह
राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि विशेष शिविर सञ्चालन
राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि विशेष शिविर सञ्चालन मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ। शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट भएको छ। 
पहिरोमा पुरिएर अरुण तेस्रोका मजदुरको मृत्यु, दुई घाइते 
पहिरोमा पुरिएर अरुण तेस्रोका मजदुरको मृत्यु, दुई घाइते  सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।
‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै गण्डकी सरकार 
‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै गण्डकी सरकार  गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको हो ।
यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान
यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुनी प्रणालीको प्रभाव रहेको यो प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ काठमाडौं गोङ्गबुबाट ग२१ प ५७७७ नम्बरको मोटरसाइकल हराएको भन्ने प्राप्त निवेदनको आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बा८५ प ६०६६ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी उक्त मोटरसाइकलसहित तामाङलाई पक्राउ गरेको हो।
‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए रोजगारीका लागि आवेदन
‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए रोजगारीका लागि आवेदन धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला’ मा २६  सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन्।  
कोशी प्रदेशका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा
कोशी प्रदेशका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ।
गाउँघरबाट हराए ढिकीजाँतो  
गाउँघरबाट हराए ढिकीजाँतो   यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेको छ। केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो। 
सुन र अन्य सामग्रीसहित विमानस्थलबाट २ जना पक्राउ 
सुन र अन्य सामग्रीसहित विमानस्थलबाट २ जना पक्राउ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 
१६औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक
१६औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक राष्ट्रिय योजना आयोगले तयार गरेर मन्त्रिपरिषद्ले पारित गरेको १६औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक लक्षित कार्यक्रम तथा योजनाहरू समावेश गरिएको छ।
झापामा बिकेन धान, किसान चिन्तित
झापामा बिकेन धान, किसान चिन्तित गत चैतमा उत्पादित  चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन्। केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए।
कालोसूचीमा राख्न सिफारिस निर्माण कम्पनीलाई प्रश्रय दिएको भन्दै महालेखाले उठायो प्रश्न
कालोसूचीमा राख्न सिफारिस निर्माण कम्पनीलाई प्रश्रय दिएको भन्दै महालेखाले उठायो प्रश्न मकवानपुरको थाहा नगरपालिकामा कभर्डहल निर्माणको काम अधुरो राख्ने निर्माण व्यवसायीलाई उन्मुक्ति दिइएको भन्दै महालेखाले प्रश्न उठाएको छ। 
Weather Update