News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च रहने, अपरान्हतिर केही स्थानमा छिटपुट वर्षा हुने

काठमाडौं— हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

कोशी, मधेस प्रदेश र बागमती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा  मौसम  सफा छ।

कोशी प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले बिहीबार अपरान्हतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ। यद्यपि तापक्रम उच्च नै रहने छ।

मनसुन भित्रन अझै केही दिन लाग्नेछ। शनिबारदेखि काठमाडौं उपत्यकामा आंशिक बदली हुनेछ। काठमाडौंको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०७:२३
Weather Update