जावलाखेलमा अर्धबेहोस भेटिएका नवविवाहित दम्पतीको मृत्यु
काठमाडौं— ललितपुरको जावलाखेलमा अर्धबेहोस भेटिएका एक दम्पतीको मृत्यु भएको छ।
सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमती २५ वर्षकै रेणुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस फेला परेका थिए। उनीहरूलाई प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्याएको थियो।
चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू नवविवाहित जोडी हुन्।
मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ ११:११