अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आजमंगलबार, जेठ २२, २०८१
पाँच कक्षापछि थप पढ्न पाउँदैनन् निसेलढोरका बालबालिका सोमबार, जेठ २१, २०८१ बागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त थिइन्। उमेरले १९ वर्ष मात्र भएकी विश्वकर्माले कक्षा ६ मै पढाइलाई विश्राम दिइन्। उनको पढ्ने रहन नभएर होइन गाउँमा विद्यालय नहुँदा पढाइ छोडेर बिहे गर्नुपर्ने बाध्यता आइलाग्यो।
रेडिओ जनताको स्टेसन म्यानेजरमा खड्का सोमबार, जेठ २१, २०८१ रेडिओ जनताको स्टेसन म्यानेजरमा सागर खड्का नियुक्त भएका छन्। ओखलढुङगाको लिखु गाउँपालिका–९ पोकलीका खड्का गत जेठ १ गतेबाट रेडिओ जनताको स्टेसन म्यानेजर पदमा नियुक्त भएका हुन्।
अध्यागमनका कर्मचारीलाई किन गरियो छुट्टै पोसाकको व्यवस्था? सोमबार, जेठ २१, २०८१ अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ। यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो।
गुल्मीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, सात घाइते सोमबार, जेठ २१, २०८१ गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।उक्त दुर्घटनामा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
चितवनमा हावाहुरीले केरा खेतीमा ठूलो क्षति सोमबार, जेठ २१, २०८१ जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्याएको छ। चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो।
आजदेखि कान्तिलोकपथ पूर्ण रूपमा सञ्चालनमा सोमबार, जेठ २१, २०८१ कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ।
उद्योगकाे नवप्रवर्तन सर्वेक्षणका लागि थापाथली क्याम्पसका विद्यार्थीलाई खटाइने सोमबार, जेठ २१, २०८१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र थापाथली इन्जिनियरिङ क्याम्पसबीच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ।
आजको मौसम पूर्वानुमानः यी प्रदेशमा मेघगर्जनसहित वर्षा, हावाहुरीको पनि सम्भावना सोमबार, जेठ २१, २०८१ कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित आइतबार, जेठ २०, २०८१ हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ। यही जेठ १७ गते अपराह्न आएको हुरीले विद्यालयको दुईवटा भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको हो।
यसकारण ट्र्याक्टर छाडेर गोरु पाल्दै किसान आइतबार, जेठ २०, २०८१ संघीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे। गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले।
किन अलपत्र बन्यो ‘कोल्डस्टोर’ निर्माणको काम? आइतबार, जेठ २०, २०८१ पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर (शीत भण्डार) विगत आठ वर्षदेखि अलपत्र बनेको छ। आर्थिक वर्ष २०७३/७४ मा पाँच करोडको लागतमा निर्माण सुरु भएको उक्त कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो।
वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै आइतबार, जेठ २०, २०८१ औद्योगिक नगरी वीरगञ्ज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण सुरु गरेको छ।