भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता २ जनाको शव फेला
काठमाडौं— भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता उनीहरुको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले निकालेको हो।
शनिबार दिउँसो पौडी खेल्ने क्रममा वीरेन्द्रनगर–२ का १९ वर्षीय विनोद केसी र १७ वर्षीय भुवन केसी बेपत्ता भएका थिए।
आज बिहानैबाट गोताखोरको पहिचालन गरेर उनीहरुको शव फेला पारिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको टोलीले शव फेला पारेको हो।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ १३:५३