News Griha :: न्यूजगृह
एकैपटक ३२ सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित] 

काठमाडौं— एकैपटक ३२ जना सहसचिवको सरुवा भएको छ। 

मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र मातहतमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो। त्यस्तै सरुवा सूचीमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको खानेपानी मन्त्रालय अन्तरगत सरुवा गरिएको छ। उनका ठाउँ रिक्त रहेको छ। 

त्यस्तै सरकारले भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। त्यस्तै उनको ठाउँमा कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई ल्याइको छ।  

त्यसैगरी हाल निलम्बनमा रहेका सहसचिव रुद्रसिंह तामाङको समेत सरुवा गरिएको छ। गृह मन्त्रालय अन्तर्गत रहेका उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा लगिएको छ। 

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका दिपक घिमिरेलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको हो। 

हेर्नुहोस् सूची 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १६:४२
Weather Update