News Griha :: न्यूजगृह
घट्यो देशभरको तापक्रम
घट्यो देशभरको तापक्रम वर्षा हुन थालेपछि काठमाडौंसहित देशभरको तापक्रम घट्न थालेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंको अधिकतम तापक्रम ३३.९ डिग्री सेल्सियस मापन गरिएकोमा आज ३०.५ डिग्री सेल्सियसमा झरेको छ।
ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु 
ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु  ललितपुरको बालकुमारीमा ट्रकको  ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डे रहेका छन्। सोमबार (आज) साँझ कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको ट्रकले सोही दिशामा रहेको स्कुटरलाई ठक्कर दिएको थियो। 
सुर्खेतमा मलामी गएका एकजना भेरी नदीमा बेपत्ता 
सुर्खेतमा मलामी गएका एकजना भेरी नदीमा बेपत्ता  सुर्खेतमा मलामी गएका एक जना भेरी नदीमा बेपत्ता भएका छन्।  बेपत्ता हुनेमा पञ्चपुरी नगरपालिका ११ का ६० वर्षीय सज्जन कामी रहेका छन्। 
बेनी–दरबाङ सडक योजना अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहीन
बेनी–दरबाङ सडक योजना अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहीन जिल्लाकै ‘लाइफलाइन’ बेनी–दरबाङ सडकको तेस्रो खण्ड (करिब सात किलोमिटर) स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कविहीन भएपछि योजना अलपत्र परेको छ। 
घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु 
घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु  वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा आज एक जनाको मृत्यु भएको छ। 
कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित
कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँहरुलाई दीक्षित गरेका हुन्। 
राष्ट्रपति पौडेलले गरे ऐतिहासिक बर्लिनको पर्खाल अवलोकन
राष्ट्रपति पौडेलले गरे ऐतिहासिक बर्लिनको पर्खाल अवलोकन राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक बर्लिनको पर्खालको अवलोकन गरेका छन्। मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत ऐतिहासिक स्थलको अवलोकन गरेका हुन्। सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी रहेका छन्। 
सङ्खुवासभा बाढीपहिरो कहरः १० वर्षमा २१ जनाको मृत्यु, ३८ बेपत्ता
सङ्खुवासभा बाढीपहिरो कहरः १० वर्षमा २१ जनाको मृत्यु, ३८ बेपत्ता सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ। जिल्लाका विभिन्न स्थानमा वर्षेनी विपद्बाट धेरै नागरिकले ज्यान गुमाउनाका साथै ठूलो आर्थिक क्षतिसमेत हुने गरे पनि पीडित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि राज्यको ध्यान पुगेको  छैन। 
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन 
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन  मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ।  २०८० साल माघ १० गते ‘ब्रेन ह्यामरेज’ भइ थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङकी कोषाध्यक्ष रञ्जु अधिकारीले जानकारी दिइन्। 
स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन
स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन्।सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा उनले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिएका छन्। 
हिउँदमा सुस्ताएको कर्णाली प्रदेश असारे विकासमा अग्रसर  
हिउँदमा सुस्ताएको कर्णाली प्रदेश असारे विकासमा अग्रसर   कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४ प्रतिशत र चालुतर्फ २० प्रतिशत खर्च भएको थियो।
‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’
‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’ सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ। साविकभन्दा खोला बढेपछि नदी आसपास रहेकाहरुबीच भागदौड मच्चिन्छ, कारण खोलामा सामान्य बाढी आउँदा पनि यहाँका स्थानीयले १ असार २०७८ सम्झिहाल्छन्।
Weather Update