काठमाडौं— वर्षा हुन थालेपछि काठमाडौंसहित देशभरको तापक्रम घट्न थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंको अधिकतम तापक्रम ३३.९ डिग्री सेल्सियस मापन गरिएकोमा आज ३०.५ डिग्री सेल्सियसमा झरेको छ।
गत शनिबार काठमाडौंको अधिकतम तापक्रम वर्षकै बढी ३५.३ डिग्री सेल्सियस मापन गरिएको थियो।
महाशाखाका अनुसार तराईका जिल्ला पनि तापक्रम घटेको छ। आइतबार नेपालगञ्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४३.८ डिग्री सेल्सियस मापन गरिएकोमा आज ४२.६ डिग्री सेल्सियसमा झरेको छ।
आज धनगढीको अधिकतम तापक्रम ४२.४, दिपायलको ४१.८, वीरेन्द्रनगरको ४०, घोराहीको ३८.२, भैरहवाको अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस मापन गरिएको छ।
आइतबार धनगढीको अधिकतम तापक्रम ४२.८, वीरेन्द्रनगरको ४१.४, दिपायलको ४१.२, घोराहीको ३८.६, भैरहवाको अधिकतम तापक्रम ३८.२ डिग्री सेल्सियस मापन गरिएको थियो।