News Griha :: न्यूजगृह
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन 

काठमाडौं— मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ।  

२०८० साल माघ १० गते ‘ब्रेन ह्यामरेज’ भइ थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङकी कोषाध्यक्ष रञ्जु अधिकारीले जानकारी दिइन्। 

उन गत निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। 

विगत ४ महिनादेखि अर्धचेत अवस्थामा रहेका उनलाई एक महिनादेखि घरमै राखिएको थियो।  

उनको मंगलबार दाहसंस्कार गरिने बताइएको छ। 

गच्छदार अस्वस्थ भएपछि गाउँपालिका उपाध्यक्ष गुणावती देवी थारुलाई कार्यवाहकको जिम्मेवारी दिइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १६:३९
Weather Update